- दिवेश कुशवाहा
जनकपरधाम । विधार्थीहरुको चौतर्फी विकासको लागि जनता माध्यमिक विद्यालय नक्टाझिज द्वारा आयोजित स्कुल स्तरीय खेलकुद प्रतियोगिता-२०७७ , यस विद्यालयको प्राधानाध्यापक श्याम कुमार यादव र मिथिला नगरपालिका-२ का वाडा अध्यक्ष बिहारी महतो द्वारा खेल प्रतियोगिता उदघाटन भई आज मिति २०७७/१० महिना ३० गतेको दिन फाइनल प्रतियोगिता सम्पन्न भएको छ। खेल अन्तर्गत केटाहरुको लागि भएको क्रिकेट खेलमा ब्लु हाउस र ग्रिन हाउस बिच भएको खेलमा ग्रिन हाउसले जित्न सफल भएको छ भन्ने कब्बडी तर्फ पनि ग्रिन हाउसले ब्लु हाउसलाई पराजित गर्दै कब्बडी खेल सानदार जित हासिल गरेको छ। त्यस्तै गरि फुटबल खेलमा ग्रिन हाउसले ब्लु हाउसलाई पराजित गर्दै उक्त तिनवटै खेलमा ग्रिन हाउसले जित्न सफल भएको छ। त्यस्तै गरि केटिहरुको कब्बडी खेल तर्फ ब्लु हाउस र रातो हाउस बिच भएको खेलमा ब्लु हाउसले जित्न सफल भएको छ।
उक्त खेल बिधार्थीहरुको शारीरिक, मानसिक, तथा संवेगात्मक विकासको लागि भएको तथा यस्तै विधालय स्तर वाट नै समय समयमा खेल प्रतियोगिताहरु भईरहयो भने विधालय स्तरबाट नै खेल सिपको बिकाश भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन भइ राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने छ भने आशा राखेको कुरा प्रअ श्याम कुमार यादवले बताउनुभयो।
सम्पुर्ण खेलहरू उत्साह जनक तरिकाबाट सम्पन्न भएको र यस खेल समाप्तिको पछाडि यसै विधालयका सम्पुर्ण शिक्षकहरुको टिम वर्कले भएको कुरा जानकारी गराउदै ,सो खेलहरुमा विजेता ग्रुप हरुलाई सरस्वती पुजाका दिन (२०७७/११/४ गते) एक समारोहका विच पुरस्कार दिइने कुरा श्रि जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी गराउनुभयो।
आजको फाइनल खेल समारोहमा प्रअ श्याम कुमार यादव, शिक्षकहरुमा रोहित महतो,भरतलाल महतो,दिनेस प्रसाद महतो,पंकज तिवारी, राजकुमार साह ,बुधन महतो, रामकुमार महतो , धिरेन्द्र कुमार महतो, मनोज महतो, गोविन्द न्यौपाने,विश्वनाथ महतो, रामउदगार महतो, रेफ्री तर्फ सहयोग गर्ने आदरणीय शिक्षक भगलु महतो, लगायत जनसमुदाय , विधार्थी, युवाहरुको सहभागिता उक्त खेल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस् !