एक नवजात शिशु जब खेतमा फेला परेपछि - Hamro Janakpur
  • रबिन्द्र प्रजापति

राैतहट । रौतहट जिल्लाको सदरमुकाम गौरको पश्चिम पट्टी रहेको ईशनाथ नगरपालिका क्षेत्रमा एक नवजात शिशुको शव भेटिएको छ ।
ईशनाथ नगरपालिका वर्डा नम्बर ९ लौतना( डुमरिया सडक को छेउमा एक नवजात शिशुको अज्ञात अवस्थामा शव देखिएको स्थानीयले बताएका छन् ।
आज शुक्रबार करिब ३ बजेको समयमा नवजात शिशुको शव भेटिएको हो। औरैया स्थिति प्रहरी चौकीको सइले घटना स्थलपुगी शवलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।

थप विवरण आउन बाकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।