कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ - हाम्रो जनकपुर

पर्सा । कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षिय रामा साह भन्ने उपेन्द्र साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई र्सिसियाबाटै चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

बी आर ५ ए ४६४७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भइ भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।

हतियारसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय