धनुषा महेन्द्रनगरमा आजदेखि महाविर झण्डा मेला सुरु - हाम्रो जनकपुर

जनकपुरधाम । धनुषा जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आजदेखि श्री श्री १०८ श्री महाविर झण्डा मेला सुरु भएको छ ।

महावरि झण्डा मेलाको लागी शनिवार विहान झाखी, झरी सहित करिब ५ सयको संख्यामा निस्केको कलश यात्रा दुर्गामन्दिर, दुर्गाटोल, क्षिरेश्वर मन्दिर हुँदै जलाद खोलामा जल भरेको थियो ।

कलश यात्रा समापन पछि ठार पारिएको ८५ फिट झण्डाको क्षरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम किशुन यादव रिवन काटी विधिवत रुपमा सुरु गरेको झण्डा मेलाको कोषा अध्यक्ष गुडडु ले जनकारी दिएका छन । कोषा अध्यक्ष साहका अनुसार फाल्गुन १ गते बाट सुरु भएको झण्डा मेला फाल्गुन ७ गते सम्म रहने बताएका छन । झण्डा मेलालाई आकर्षित बनाउनका लागी झरी, झुला, मउत कुवा, स्थानिय र नेपाल भारत लगायतका पहलमानहरु द्धारा दंगल लगायतका कार्यक्रम राखिएको छ ।

साथै धेरी दिन पछि यो स्थानमा सुरु भएको झण्डा मेला अवलोकन गर्दिन मेला कमीटी सम्पुर्ण नगरबासीमा अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय