बलात्कार आरोपमा लामा प्रहरीको फन्दामा - Hamro Janakpur

जनकपुरधाम । बारा प्रहरीले ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आइतबार बिहान लामाले वृद्धालाई मकै बारीमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

लामाविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।