जनकपुरबाट एक सञ्चारकर्मिकाे मोटरसाइकल चोरी - Hamro Janakpur

जनकपुरधाम । जनकपुरबाट सञ्चारकर्मि राजकमलकाे मोटरसाइकल चोरी भएको छ ।

प्रदेश नम्बर २ स्थाइ राजधानी जनकपुर बाट आज दिउंसै पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ ।

भन्सार कार्यालय नजिकै रहेको डेरा अगाडीबाट पत्रकार सिंहको गाडी चोरी भएको हो । अफ द बिट मिडिया प्रालिको नाममा रहेको सो मोटरसाइकलको अस्थायी नम्बर लु ६५ प. ८२२९ रहेको छ ।

कालो- रातो रंगको २२० सिसिको मोटरसाइकल केहि महिना अगाडी मात्र पत्रकार सिंह खरिद गरेका थिए । गाडी चोरी भएलगत्तै प्रहरीलाई खबर गरेपनि फेला नपरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।