जनकपुरधाम । धनुषाकाे माचि झिटकैयामा एकाबिहानै एक महिलाको शव खेतमा भेटिएको छ ।

कमला नगरपालिका वडा नम्बर-२ माचि झिटकैया टोल पस्ने हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा सो महिलाको शव मृत फेला परेको सोही वडाका वडाध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर-२ माचि झिटकैयामा आज बिहान एक महिलाको शव मृत्यु अवस्थामा खेतमा देखा परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

मृतक महिला झिटकैयाको पश्चिमवारी टोल बस्ने खुसिया गडेरीकी अन्दाजी ४२ वर्षीया पत्नी रहेको उनले बताए ।

आज बिहान स्थानीय एक युवक दिसा गर्नका लागि घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्ने क्रममा महिलालाई मृत अवस्थामा देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए ।

मृतक महिला खुसिया गडेरीको दुई पत्नी मध्ये जेठी पत्नी थिईन् । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले घटना बारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय