वीरगञ्ज । पर्सामा प्रेमीबाट गर्भवती भएकी एक युवतीको उपचारका लागि लगिरहेका क्रममा मृत्यु भएको छ ।

प्रेमीबाट गर्भवती भएकी पोखरीया नगरपालिका–९ स्थित बैरियाकी १६ वर्षीय युवतीलाई ५ गर्भ तुहान प्रेमीले औषधी खुखाउँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गाउँकै प्रेमीसँग सम्बन्धपछि उनी पाँच महिनाको गर्भवती थिइन् । पोष्टमार्टमको क्रममा ती युवती गर्भवती रहेको खुलेको एक प्रहरीले जानकारी दिए ।

युवतीको र युवकमध्ये कसैको परिवारजन वा प्रेमीकै उक्साहटमा उनले औषधी सेवन गरेको बताइएको छ। गत शुक्रवार बिहान अचानक छटपटाउन थालेर बेहोस भएपछि उनलाई उपचारको लागि बिहान ५ बजे पोखरीया अस्पतालमा लगिएको थियो।

तर उनको ज्यान बाटैमा गएको उनका बुवाले बताए। घटनामा संलग्न रहेको आरोप लगाउँदै मृतक युवतीको परिवारजनले पोखरीया प्रहरीमा किटानी जाहेरी समेत दिएका छन् ।

तर चिकित्सकले एक महिनापछि भिसेरा रिपोर्ट आएपछि उनको मृत्युको कारण ओभर डोज औषधी सेवन हो कि अर्कै हो त्यसबारे पुष्टि हुने र्इलाका प्रहरी कार्यालय पोखरीयका प्रहरी निरीक्षक दीपक थापाले बताए।

जाहेरी परेका युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रेमी भनिएका युवकले ललाइ फकाईफुसलाई किशोरीसँग अनैतिक सम्बन्ध बनाएर गर्भवती बनाएको र औषधी खुवाएर बच्चा तुहाउन दुरुत्साहन गरेको वा परिवारजनले त्यस्तो चलाखी गरेको हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय