प्रदेश २ प्रमुख  झाले दुर्घटनामा घाइते भएर छटपटाइरहेका देखेपछि  उद्धार - Hamro Janakpur

जनकपुरधाम । सवारी दुर्घटनामा घाइते भएर छटपटाइरहेका देखेपछि प्रदेश २ का प्रमुख राजेश अहिराज झाले उद्धार गरेको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर आज बिहान सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । उनी जनकपुरबाट बाराको जीतपुर जाँदै थिए । सोही क्रममा सडकमा घाइते भएर छटपटाइरहेका देखेपछि गाडी रोकेर उद्धार गरेका थिए ।

झाले आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर घाइते चारैजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएका छन् । घाइतेमध्ये एक बच्चासमेत रहेको र उनीहरूको पहिचान तथा दुर्घटनाको कारण भने खुल्न अहिलेसम्म सकेका छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।