सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ स्थित मिर्चैया कटारी सडक खणड बाट करिब २ किलोमिटर पश्चिम समुदायिक वन जगङलमा एक महिलाको मृत्यु अवस्थामा वेवारिसे लास फेला परेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.७ स्थित मिर्चैया कटारी सडक खणड बाट करिब २ किलोमिटर पश्चिम समुदायिक वन जगङलमा मृत्यु भएको अवस्थामा अन्दाजी ३० वर्षकी महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) राजेद्र श्रेष्ठले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) श्रेष्ठका अनुसार नामथर, वतन नखुलेकी महिला रातो कुर्ता,हरियो सुरुवाल,खुट्टामा पाउजु लगाएकी घोप्टो अवस्थामा सडीगली पहिचान हुन नसकि लास फेला परेको हो ।
मृतक लाश पोष्टमार्टमको रा.उ.अस्पताल लहान,सिरहा पठाईएको हो । साथै मृतक लासको पहिचानको लागि निजको आफ्न्तलाई खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय