रबिन्द्र प्रजापति /राैतहट । ।रौतहटको लमाहखोला पुलमा निरन्तर सर्प देखा पर्न थालेपछि चौतर्फी उत्सुकता र चासाको विषय बनेको छ । सर्प नभएर नाग देवता भएको विश्वासले स्थानीयहरू दैनिक रुपमा सर्पको दर्शन र पूजा आराधना गर्न लमाहखोलामा जम्मा हुने गरेका छन् ।

तराईँ क्षेत्रमा सर्प दखिनु सामान्य मानिए पनि उक्त सर्पले अनौठो स्वभाव देखाएको भन्दै त्यस क्षेत्रको संरक्षण गरी मन्दिर स्थापना गर्न वडा कार्यालय र नगरपालिकालाई स्थानियले माग गरेका छन् । दैनिक रूपमा नागको दर्शन गर्ने मान्छेको भिड लागेपछि हजारौको भिड भएपछि सर्प बाहिर निस्किएर दर्शन दिने गरेको स्थानिय बताउछन् । कतिपयले त सर्पले रङ समेत परिवर्तन गर्ने गरेको बताए । उपस्थित भक्तजनका अनुसार त्यतिधेरै मान्छेको भिड र होहल्लाले पनि सर्प कतै नभाग्ने गरेको र आफ्नै चालमा संरक्षित क्षेत्रमा यताउति गरेर भित्र पस्ने गरेको छ ।

सर्प होकी नाग हो भनेर परिक्षण गर्न दुध पानी मिसाएर राख्दा भोली पल्ट भाडोमा पानी मात्रै देखिएको उपस्थित एक महिलाले जानकारी दिइन् । उनले सर्प नभएर नाग देवता भएको र उक्त क्षेत्र देवघाट मन्दा पनि पवित्र कहलिने देखिएकाले संरक्षणका लागि सबैले पहल गर्नुपर्ने धारणा राखिन् ।
अहिले राम बिश्वास चौधरीको संयोजकत्वमा नागराज संरक्षण समिति गठन गरेर मन्दिर स्थापना गर्ने तयारी सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय