काठमाडौ । हुण्डी कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमार छन् ।

उनीहरूलाई प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार दुई जनालाई स्रोत नखुलेको सात लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

रोकेर प्रहरीले चेक गर्दा उनीहरूबाट प्रहरीले ७ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

उनीहरू माथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय