बर्दिवास । महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्वप्रधानाध्यापक एवम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमा भएको आक्रमण तथा कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

आन्दोलनमा उत्रेका विद्यार्थीले ‘स्कुल हाम्रो मन्दिर हो, भगवान कुट्न पाइँदैन’ भन्ने लगायतका प्लेकार्ड शुक्रबार बर्दिवासमा प्रदर्शन गरेका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित जनता माविको परिसरबाट निस्केकको विद्यार्थीको जुलुसले शिक्षक कुट्ने र जातिय दुव्र्यवहार गर्ने स्थानीय मनिष अर्याललाई कडा कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा ज्ञापन पत्र समेत बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दैं इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीषक विरेन्द्र थापाले आरोपीलाई पक्राउ परिसकेकोले पीडित शिक्षकलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।याे समाचार टुडेपटीमा लेखिएको छ।

बिहीबार आरोपी अर्यालले विद्यालय परिसरमै शिक्षक रम्तेललाई दुव्र्यहार गर्दै कुटपिट गरेका थिए ।

यता दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफुमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलको दाबी छ ।

‘तँ दलितले हेडमास्टर भएर जमाउने ? जातिय दुव्र्यवहार गरेपछि पीडित शिक्षकले भने, ‘किन यस्तो भनेको प्रश्न गरेपछि उनले विद्यालयमै आक्रमण ग¥यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय