महोत्तरीमा (ट्याब्लेट)एकजना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ - Hamro Janakpur

महोत्तरी । महोत्तरीमा एकजना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ का २७ वर्षीय प्रबेज मंसुरीलाई पक्राउ परेको हो ।

मंसुरीलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरीको टोलीले सम्सी गाउँपालिका वडा नं. ६ बाट एक्झिप्लाँन सय एमएलको ५ थान, नाईट्राभेट दुई पत्ता ३० ट्याब्लेट र एसपासमो प्रोक्सीभोन प्लस दुई पत्ता १६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको महोत्तरीको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मंसुरीलाई प्रहरी नियन्त्रणमा लिई लागुऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेका महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।