जनकपुरधाम । प्रदेश २ मा पर्ने धनुषा र सिरहाको सीमाको रुपमा रहेको ऐतिहासिक कमला नदीबाट बालुवा, गिट्टी, ढुँगा उत्खनन गर्न राेक लागिएको छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकादेखि जनकनन्दिनी गाउँपालिकासम्मको कमला नदीमा अवैद्य रुपमा उत्खनन भइरहेको बारे कमला बचाउ अभियानले ध्यानाकर्षण गराएपछि सिडिओ बन्धु प्रसाद वास्तोला एक्सन लिएको छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै ठेक्का र अमानत बाहेकका अवैद्य रुपमा उत्खनन गरे सवारी साधन जफत गरी कारवाही गरिने बताएको हाे ।

अभियानका सँयोजक विक्रम यादवको पहलपछि सिडिओ वास्तोलाले कमला नदीबाट अवैद्य रुपमा उत्खनन गर्नेलाई कारवाहीको सूचना प्रकाशित गरेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकालाई यस्ता कार्यहरु रोक्नको लािग सिडियो कार्यालयले पत्राचार गरेको हो ।

ठेक्का वा अमानतमा दिएकोलाई के कति गहिराई सम्म कति उत्खनन गर्न पाउने भनेर मापदण्ड तोकिएको हुन्छ भने त्यस बाहेकका उत्खननकर्ताहरुले जहाँ पायो त्यही र जति चाहे दोहन गरी उत्खनन गर्दा विपदा निम्त्याउने गरेकोले स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ ।

अवैद्य उत्खननले कमला नदीको बाँधमा क्षति पुग्ने त्रास र केही दिनमै आउने बाढीले गाउँ वस्ती सखाप पार्ने सँत्रासबीच कमला बचाउ अभियानले चालेको कदमप्रति स्थानीय प्रशासनले सहमति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय