धनुषा पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिएपछि बालककाे टाउको छातिमा चाेट गम्भीर - Hamro Janakpur

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ श्रीपुरस्थित खडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको कारको ठक्करबाटा एक बालक घाइते भएको छ ।

मंगलबार साँझ ६ बजेतिर पश्चिमबाट आइरहेको बा १३ च ८३२४ नम्बरको कारले पूर्वपश्चिम राजमार्गको श्रीपुरमा एक बालकलाई ठक्कर दिइएको थियो ।

उनलाई घटना लगतै घटनास्थल आइपुगेका प्रहरीले पुष्पवलपुरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा भर्ना गरेका थिए । बालक सामान्य अवस्थामा रहेको भएपनि उनको टाउको तथा छातिमा गम्भीर चोट लागेकोले थप उपचारका लागि अन्यत्र लानुपर्ने उपचारमा संलग्न चिकित्सले जनाएको छ ।

ठक्करबाट बाग्मति नगरपालिका ४ सर्लाहीका ओमशंकर महतोको अन्दाजी बर्ष ६ का अलेक्सकुमार महतो सख्त घाइते भएको छ ।

बालकलाई ठक्कर दिई तत्कार घटनास्थलबाट फरार भएको कारलाई धारापानीस्थित प्रहरी पोष्टले पक्राउ गरी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।