कलैया । अम्बा टिपेकाे निहुँ कलैयामा एक विद्यार्थीलाइ स्थानियलाइ निर्मम कुटपिट गरेकाे छन् । बारा जिल्लाकाे कलैया उपमहानगरपालिकास्थित श्री पान्ना देवि माविकाे कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेहान हवारि सहनलाइ विद्यालय छेउ बसाेबास गर्ने अभय कुमार पाण्डेले कुटपिट गरेका हुन् ।

मंगलबार दिउँसाे कक्षाकाेठाभित्र प्रवेश गरि पाण्डेले विद्यार्थी हवारीलाइ कुटपिट गरेकाे बताइएकाे छ । प्रत्यक्षदर्शीहरूका अनुसार कक्षाकाेठाबाट जबरजस्ती फिल्डमा ल्याइ विद्यार्थी हवारी उपर कुटपिट भएकाे हाे ।

विद्यालय छेउमा रहेकाे पाण्डेकाे घरमा अम्बाकाे बाेट छ । खाजा खाने समयमा विद्यार्थीहरूले अम्बा टिप्ने प्रयत्न गरेका थिए । स्थानियहरूका अनुसार पाण्डेकाे अम्बाे बाेटमा फल छैन । उनले पुरानाे रिसैवी साँध्नका लागि विद्यार्थी हवारीलाइ कुटेकाे हुनसक्ने बुझिएकाे छ ।

कुटपिटबाट गम्भीर घाइते भएका हवारीकाे बीरगन्जस्थित न्युराे अस्पतालमा उपचार भइरहेकाे छ । विद्यार्थी कुटपिट गर्ने अभियुक्तलाइ बुधबार पक्राउ गरि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय