धनुषा : विधुत प्राधिकरणका सुपरभाइजरसहित ४ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर - Hamro Janakpur

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण धनुषा नोलाइटका सुपरभाइजरसहित विशेष अदालत काठमाडौंमा ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

धनुषा नोलाइटका सुपरभाइजर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर जगतनारायण साहसहित चार जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सुपरभाइजर साह, इलेक्ट्रिसियन यमकुमार महतो, प्राविधिक नवलकिशोर राउत र मनोहर कुमारविरूद्ध मुद्दा दायर भएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरूले नयाँ मिटर जडान गर्नेक्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए ।

घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार बर्दिबासबाट टोली खटिएको थियो। उनीहरूलाई टोलीले पाँच हजार घुससहित समातेको प्रवक्ता रिसालले जानकारी दिए ।

अनुसन्धानबाट पुष्टि भएपछि उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि बिगो कायम हुने गरी सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।