२१ वर्षिय युवकको घरभित्रै घाटी रेटि हत्या - Hamro Janakpur

निजगढ । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

घरमै गएराती काले भन्ने रोहितको घरमा घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटनाबारे थप विवरण आउँदैछ ।

घरमै एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।

घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आईपुग्दैछ ।फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।