महोत्तरीमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ - Hamro Janakpur

जनकपुरधाम । महोत्तरीमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ का २० वर्षीय दिले बिक र धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ का २७ वर्षीय मनोज मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुवै जनालाई औरही नगरपालिका वडा नम्बर ४ स्थित अस्थाई प्रहरी पोष्ट कठ्ठुधारबाट खटेको प्रहरीको गस्ती टोलीले सिमावर्ती क्षेत्र सम्सीबाट पक्राउ गरेको हो। उनीहरुलाई गौशालातर्फ आउदै गर्दा मोटरसाईकल जाँच गर्ने क्रममा ३ सय १७ पिस नाइट्रोभेट ट्याब्लेट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रहरीले मोटरसाइकल चालक दिले बिकको साथबाट नाईट्रोभेट ट्याबलेट १ पत्ता र मोटर साईकलको सिट मुनी लुकाई छिपाई राखेको २० पत्ता गरी ३१७ पिस नाईट्राभेट ट्याबलेट बरामद गरेको र सोहि मोटरसाईकलमा सवार मनोजलाई समेत नियन्त्रणमा लिएको विष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।