धनुषा: महेन्द्रनगरमा दैनिक जसो दुर्घटना, - Hamro Janakpur

जनकपुरधाम । जनकपुर ढल्केबर सडक खण्डमा पर्ने महेन्द्रनगरमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकको क्षेत्रफल ठूलो भएको हुदा सवारी साधन दुर्घटनामा उल्लेखनीय रुपमा बढेको हो । दुर्घटनाको हिसाबमा सखुवा चोक र नया बजार चोक उच्च जोखिममा रहेका छन ।

बजार क्षेत्रमा नै करिब दस ओटा भन्दा बढी बिधालय रहेको यस क्षेत्र साना बालबालिकाका लागि जोखिम रहेको छ ।
पशु बजारको रुपमा चिनिने सखुवा बजार जाने मार्ग पनि यसै बाटो पर्ने हुदा यस क्षेत्र दुर्घटनाको हिसाबले निकै संबेदनसिल रहेको छ । सडक निकै चौडाइ भयपछि दैनिक जसो दुर्घटना हुने गरेको छ ।निकै स-साना बाल बालिकाले हाइ स्पीडमा रहेको सबारी साधनको गति ठम्माउन नसक्ने भएको हुदा दुर्घटना वृद्धि भएको स्थानिय बताउछन ।

बजार क्षेत्र कतिको सुरक्षित छ ?

नया सडकले महेन्द्रनगर बजार करिब करिब दुई खण्डमा पुगेको छ ।निकै लामो सडक खण्ड पश्चात् बाटो काट्नु पर्ने हुनाले ग्रहाक मनोबैज्ञानिक हिसाबले दुई खण्डमा पुगेको व्यापारी बताउछन ।बाटो हिड्न लाई खासै स्पेस नै नभएको तर हिड्दा सडक नै पर्ने हुदा दुर्घटना हुने गरेको छ ।

क्षेत्र अनुसार ट्राफिक प्रहरी पुगेका छन त ?

खसै सखुवा चोक भन्दा अन्यत्र ट्राफिकको उपस्थित छैन ।करिब दुई -तीन जनाको संख्याले पुरै बजार समेट्न सक्दैन ।यति ठूलो क्षेत्र भएता पनि ट्राफिक प्रहरीको बस्ने कार्यालय नै नभएको हुदा ट्राफिकको कमि हुदा नियन्त्रणमा असजिलो देखिन्छ ।

खै त स्पिड्मिटर ?

काठमाडौ स्थित कोटेश्वर -सुर्यबिनायन सड्क खण्ड अधिक दुर्घटना हुन थाल्दा स्पीड मिटरको प्रयोग गरि गति नियन्त्रण गरि कार्बाही गरिदै दुर्घटना कमि हुँदै गरेको थियो तर महेन्द्रनगर ट्राफिक सङ स्पीड मिटर नै छन ।उच्च गतिमा बाइक तथा ट्रकको साबारीले दुर्घटनामा उच्च आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।