अवैध लागूऔषध सिरहाका एक युवक सहित ४ जना प्रहरीको नियन्त्रणमा - Hamro Janakpur

सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर १९ ठाँडी चोकबाट नियन्त्रित लागूऔषध १४ एम्पुल फेनारगन, १४ एम्पुल नोर्फिन, १४ एम्पुल डाईजेल्याप, ७५ ट्याब्लेट नाईट्राभेट र २० क्याप्सुल स्पास्पो प्रोक्सिभन सहित उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ५ रुपाटार बस्ने २३ वर्षीय गोपाल भन्ने युवराज नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–१० बस्ने केशब तामाङ लगायत ५ जनालाई १० थान डाइजेल्याप, ७ थान लुपिजेसिक, १३ थान एभिल र करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

केशवको घरमा लागूऔषध किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस नजिक सडकबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ त्रिपुरासुन्दरी नगरपालिका-६ घर भएका १९ वर्षीय सुरज भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१३ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।

धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध ६ सय ६८ ट्याब्लेट ट्रामाडोल र ६ सय ७२ ट्याब्लेट कोलीवन सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय पासाङ तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय पारस थापा रहेका छन् । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस बारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।