जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरको जानकी मन्दिर पछाडी रहेको रामजानकी अस्पतालले एक गरिबका छोराको निःशुल्क उपचार गरिदिएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीको बजरंगी ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको उपचार अस्पतलले निःशुल्क गरिदिएको हो। ज्वारो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएपछि बजरंगीले छोरालाई फागुन २० गते सो अस्पतालमा भर्ना गराएका थिए । अस्पतालले एनआईसीयूमा राखेर बच्चाको उपचार गर्यो। तर अस्पताललाई रुपैया तिर्ने हैसियत उनीसँग थिएन । अस्पतालले उनको घरको अवस्थाबारे झुने।

तर वास्तावमा रकम तिर्ने हैसियत नभएको जानकारी पाएपछि उपचार शुल्क नलिने निष्कर्षमा पुगेको छ । अस्पतालका सञ्चालक विकाशचन्द्र गुप्ताले बालक भरोसीको उपचार गर्दा करिब ७० हजारको बिल बनेको र उनको घरको अवस्था एकदमै कमजोर रहेको थाहा पाएपछि सबै शुल्क नलिने निर्णय गरेको बताए । उनले भने, ‘रुपैया नै सबैभन्दा ठूलो कुरा होइन्। मानवता पनि बुझ्नुपर्छ । हामीले उनको पीडा थाहा पाएपछि उपचार शुल्क नदिने निर्णय गरेका छौ ।’ सो अस्पतालले यसअघि पनि कैयौं विरामीलाई निःशुल्क उपचार गरेको छ ।

जनकपुरका अधिकांश अस्पताल ठगी धन्दामा लागेका बेला रामजानकी अस्पतालले गरिब विपन्नको निःशुल्क उपचार गरेपछि एकाएक चर्चामा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय