श्री मा.बि. टेंग्रहाको नाममा रहेको जग्गाको खुल्ला डाक कार्यक्रम सम्पन्न ! - Hamro Janakpur

राैतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा न ४ टेग्रहामा रहेको श्री माध्यमिक बिधालय टेग्रहाको किता न ३१ को क्षेत्रफल २१ बिगहा ३ कठाको खेतीयोग्य जग्गा खुल्ला डाक बडाबडदाद्व्रा बिधालयको सुचना अनुसार आज फाल्गुन २९ गते सनिबार बिधालयको प्रागनमा ठेकापटा कार्यक्रम सम्पन भएको छ । सो बिधालयका प्र. अ. अनिल प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको छ ।

करिब अधा दर्जन ठेकेदारको कडा प्रतिस्पर्दामा पहिलोमा पररानु एग्रो फर्म फतुवा विजयपुर नगरपालिका वडा न ५ कुल रकम नौ लाख पाच हजार दोस्रोमा अमिन्द्र पटेल परोहा ६ रौतहट कुल रकम आठ लाख असी हजार र तेस्रोमा हरिसरन पराजुली चितवन सात लाख ,सबभन्दा बढीमा पररानु एग्रो फर्म फतुवा विजयपुर नगरपालिका वडा न ५ कुल रकम नौ लाख पाच हजार भएकोले वहाको ठेकापटा भएको प्र.अ.अनिल प्रसाद यादव जानकारी दिए! उक्त कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाको शिक्षा सह संयोजक सुबोध यादव , वडा अध्यक्ष ब्रहमानरायण यादव , स।ह लेखापाल प्रविन यादव समाजसेबी रामाकान्त पासवान , जयमंगल यादव , शुरक्षाकर्मी , पत्रकार , गाउको बुद्धिजिबी , समाजसेबी , भरभालादमीहरुको रोहबरमा उक्त कार्यक्रम सम्पन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।