सिराहामा प्रेसरकुकर बम विस्फाेट भएपछि ६ जना घाइते एककाे अवस्था चिन्ताजनक - हाम्रो जनकपुर

सिराहा। सिराहाको मालपोत कार्यालय प्रांगणमा आज बम विस्फोट भएको छ ।

सिरहा जिल्लाकाे लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाेट भएको हो ।

विस्फोटमा परी ६ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।

घटनाबारे विस्तृत जानकारी लिन प्रहरी उपरीक्षक सुदीप घिमिरे नेतृत्वको टोली घटनास्थल पुग्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय