१७ वर्षीय किशोरीलाई विवाह गर्छु भनेर गर्भ बोकाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ - Hamro Janakpur

वीरगञ्ज । १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनेर ललाईफकाई पटक-पटक करणी गरेर गर्भ बोकाएको आरोपमा प्रहरीले एक ३० वर्षीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० का ३० वर्षीय रमेश हजारा पासवान रहेका छन् । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा पासवान विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पासवानले किशोरीलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर वीरगञ्ज ल्याई एउटा लजमा राखेर पटक-पटक करणी गरेका थिए । सोही क्रममा किशोरी गर्भवतीसमेत भएको प्रहरीले जनाएको छ ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।