महाेत्तरीकाे गाैशाला बजार ४ दिन देखि बन्द गरेपछि - हाम्रो जनकपुर

नरेन्द्र महताे / गाैशाला। महाेत्तरी जिल्लाकाे गाैशाला बजार चार दिन देखि पुर्ण रुपमा बन्द रहेका छन । पैथिलैया बाट राजस्व गस्ति अाउने गरेकाे सुनेपछि भर बजार बन्द गरेकाे व्यापारीहरुले बताएका छन।

यसै गरि बर्दिवास ,जलेश्वर ,सम्सी,रामगाेपालपुर लगायत महाेत्तरीकाे दर्जनाै बजार बन्द भएका छन। तराईका प्राय: जिल्लाहरु भारतीय सिमा बाट जाेडिएका छन ।धेरै वर्ष पछि बजारहरु ठुलाे संख्यामा बन्द भएकाे याे पहिलाे पटक हाे ।वजार बन्द नगर्नका लागि गाैशाला उधाेग वाणिज्य संघका सचिव रमेश कुमार यादवले व्यापारीहरुमा अनुराेध गरे पनि डर, त्रासका कारण पसलहरु बन्द गरेका उनले जनाएका छन ।

राजस्व कार्यालयका गस्ति अाए पछि ईलाका प्रहरी कार्यालय ,ईलाका प्रशासन कार्यालय र गाैशाला उधाेग वाणिज्य संघकाे विचमा वर्ता हुने छन र व्यापारीहरुलाई कस्ताे किसिमकाे जाँच गरिने कुरामा छलफल भई अगाडि बढने यादवले जनाएका छन ।यता वजार बन्द हुँदा सर्वसधारणहरुलाई सास्ति बेहाेर्नु परेका छन।

अहिले फागु पुर्णिया महीना अाउन लागेकाले दिनहुँ जसाे समान खरिद विक्रि गर्ने परेकाे हुँदा बजार बन्दका कारण बैचैनि छाएकाे छ।कति दिन सम्म बजार बन्द हुने हाे यसकाे कुनै गाईरेन्टी नभएकाे एक व्यापारीले बताए ।

नेपाल बाट समान खरीद गरेकाे भए विभिन्न कारण देखाई जरीवाना तिर्नु परेकाेले बन्द गरेकाे छु । विगतमा पनि गाैशाला वजार एक व्यापारीले लाखाै लाख जरीवाना तिरकाे कारण बजार बन्द गर्नु परेकाे व्यापारीहरुले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय