झा दम्पती घरबाटै अपहरण प्रकरण : ४ जना अभियुक्त सार्वजनिक - Hamro Janakpur

जनकपुरधाम । प्रदेश नम्बर २ महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट एक वृद्ध दम्पती बेपत्ता भएको २८ साै दिनपछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गरी वृद्ध दम्पतिको अपहरणमा संलग्न रहेको आरोपमा आइतबार ४ जना अभियुक्त लाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव र छोरो राजेन्द्र यादव र भारतका मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुरलाई प्रहरीले आज सार्वजनिक गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआईबीले अनुसन्धान थालेको २ दिनमै ४ जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ।

यद्यपि दम्पतीको अवस्था वा उनीहरु जिवित रहेनरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै वेपत्ता पारिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।