गहुँ जातको विउ साना किसानले खरिद गर्ने - Hamro Janakpur

दिवेश कुशवाहा/धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिज मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको संचालक समितिको निर्णय अनुसार साना किसानमा आबद्ध सेयर धनीहरुका लागि किसानको उत्पादित गँहु संस्थाले नै किन्ने र संस्था बाट गँहु चाहिएमा संस्थाले सुलभ दरमा बिक्री वितरण गर्ने निर्णय पास गरेको छ ।

यसका साथै साना किसानको कार्य छेत्र मा आबद्ध किसानहरुले गँहु जात अनुसार छुट्टाछुट्टै भण्डार गरी बिक्री वितरण गर्ने छ। यस कार्यले स्थानीय किसानहरु खुशी व्यक्त गरेका छन्। किसानहरुलाई गँहु किनबेच गर्न टाढा जानुपर्ने समस्या बाट छुट्कारा पाउनका निम्ति यस्तो निर्णय गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजका सहायक प्रबन्धक सुरेश कुमार महतोका अनुसार हामीले सधैं किसानको लागि दिनरात खटिरहेको र आउदो दिनमा पनि किसानहरुका लागि विशेष प्याकेजका साथ आउने छु। यसमा किसान र साना किसान कृषि सहकारी बिच सहयोगको पारस्परिक हुनु आवश्यक देखिन्छ।

किसानले उत्पादन गरेको गँहु बेच्न चाहेमा संस्थामा सम्पर्क गर्न र गँहु चाहिएमा संस्थाले नै उपलब्ध गराउने निर्णय भएको कुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडका सहायक प्रबन्धक सुरेश कुमार महतोले जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।