प्रदेश २: ट्याक्टर चोरी गरेर लाँदै गरेको ५ चोरलाई प्रहरीले पक्राउ - Hamro Janakpur

सर्लाही । प्रदेश नम्बर २ को सर्लाहीबाट ट्याक्टर चोरी गर्ने ५ जना चोरको गिरोहलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको हरिवन नगरपालिका वडा न-११ स्थित बासाटोलबाट स्थानीय भिम बहादुर कटुवालको सोमबार राती चोरी गरेर लगेको ना ७ त ४१४३ नम्बरको ट्याक्टरसहित ५ जना चोरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार ट्याक्टर चोरी भएको खबर पाउनासाथ सम्पूर्ण प्रहरी युनिटलाई खोजतलासमा लगाएको र खोजतलासको क्रममा बलरा नगरपालिका वडा न-७ स्थित अर्नाहामा फेला परेको छ ।

चोरीको ट्याक्टर सहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।