सिरहा । सिरहाको सुखिपुर नगरपालिका कार्यालय अगाडिमा अनिश्चितकालिन धर्ना बसेका छ ।

सिरहा जिल्लाकाे सुखीपुर नगरपालिका कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको भन्दै स्थानीय बुद्धिजीवी तथा सरोकारबालाहरुले धर्ना बसेका छन् ।

नगरपालिकाको बेतिथि विरुद्धमा समाजिक संजाल तथा पत्र पठाई शान्तिपुर्ण आन्दोलन को घोषणा गर्दै शुक्रबार देखी धर्ना कार्यक्रम निरन्तर राख्ने जनाइएको छ ।

दिनको ११ बजे देखि १ बजेसम्म नगरपालिका कार्यालयको गेटमा प्रथम चरणको धर्ना कार्यक्रम गर्ने स्थानीय एवम् कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी दिए ।

साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि यादवले हार्दिक अपिल समेत गरेको छ।

नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ।

यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ ।

उनीहरुले विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने, विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय