जनकपुर: लागुऔषध ५ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ - Hamro Janakpur

जनकपुरधाम । जनकपुरबाट लागुऔषध पाँच किलो गाँजा सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ बसहियास्थित सिक्स लाईन बाटोमा मोटरसाईकलमा आएका दुबैजनाले गाँजा वेचबिखन गरिरहेको अवस्थामा सदापोशाकका विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित डेरागरि बस्ने ५२ वर्षीय जिवन साह र वडा नम्बर १५ बस्ने ३९ वर्षीय रविन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

जिवन सवार ना २८ प ५७३९ नम्बरको मोटरसाईकल र रविन्द्र सवार ज ११ प ८७६९ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा झोलाबाट पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गाँजा सम्बन्धमा उनीहरुसँग सोधपुछ गर्दा जिवनले रविन्द्रलाई बेच्नकालागि ल्याएको खुलेको छ ।

दुबैजनालाई पक्राउ गरि लागु औषध मुद्दामा ७ दिन म्याद थप गराई थप अनुसन्धान भइरहको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।