जनकपुर:वैदेही हस्पिटलको लापरबाहीले फेरि एक नवजात शिशुको मृत्यु ! - Hamro Janakpur

जनकपुरधाम । धनुषाको जनकपुरधाम स्थित वैदेही हस्पिटलको लापरबाहीकाे कारणले फेरि एक नवजात शिशुको मृत्यु भएको छ ।

वैदेही अस्पतालकाे लापरबाहीका कारण सुत्केरी व्याथाले च्यापेपछि सोमवार साँझ भर्ना हुन आएकी धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७ की शिला यादवको बच्चा नजन्मिदै पेटमै मरेको हो ।

पहिलो बच्चाको आमा बन्न लागेकी उनलाई सोमवार बेलुकी व्याथाले च्यापेपछि जनकपुरको बाह्रविघा छेउमै रहेको वैदेही हस्पिटलमा उनलाई भर्ना गरिएको थियो ।

साँझ साढे ६ बजे भर्ना हुनेबेला ५ मिनेटमै डाक्टरलाई बोलाइदिने भनेर अस्पतालमा डयुटीमा खटिएका स्वास्थ्यकर्मीले आश्वसान दिएका थिए ।

अस्पतालमा डयुटीमा खटिएका स्वास्थ्यकर्मीले पहिले भर्ना गर्नु केही हुँदैन् हामी डाक्टरलाई फोन गरेकाे भन्दै ५ मिनेटमै आउने आश्वासन दिए । तर बच्चा अन्तिम कण्डिसनमा पुगिसकेपछि राति डेढबजे मात्र डाक्टर अाएकाे शिलाकी श्रीमान रमण यादवले जानकारी दिनुभयो । यादवले डाक्टरलाई बोलाइदिन पटक पटक हार गुहार गरि रहदा पनि तर पैसा लुट्ने चक्करमा अस्पतालले विरामीलाई अझै सिरियस बनाउन खोजेकाे मेरो बच्चा त्यसै मरेको होइन् अस्पतालले हत्या गरेको उनले अाराेप लगाए ।

बच्चाको अवस्था बिग्रिएपछि शिलालाई अस्पताले करिब दुईबजे अप्रेशन थिएटरमा लगेको र तीन बजे बच्चाको मृत्यु भइसकेको भनी खबर गरेको रमणले बताए ।

समयमा डाक्टर नआएको कुरा अस्प्तालले समेत स्वीकार गरेको छ ।

डाक्टर नहुँदा समेत अस्पतालले विभिन्न बहानामा विरामीको आफन्तलाई अल्झाउँदै पर्खिन भनेका थिए । विरामी आएकै बेला डा. रोशन मिश्राले गाइनोक्लोजिस्ट डाक्टर सुनिता राय यादवलाई फोन गरेको र आउँदै भनेर जवाफ फर्काएपनि नआएको अस्पतालका संचाकल सदस्य समेत रहेका डा. सन्तोष साहले बताए ।

मापदण्ड विपरित संचालित यस अस्प्तालमा बिना अल्ट्रा साउण्डकै विरामीको अप्रेशन गर्ने गरिएको छ । ५० बेडको स्वीकृती पाएको यस अस्पतालमा अल्ट्रासाउण्डको सुविधा नरहेको अस्पतालले जनाएको छ ।

सिरियस विरामीलाई अति आवश्यक परेको बेला बाहिरबाट अल्ट्रासाउण्ड गराए अप्रेशन गर्ने गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।