प्रदेश २: साढे २६ किलो लुकाइछिपाइ राखेको गाँजा बरामद,पंजियार फरार - हाम्रो जनकपुर

पर्सा । प्रदेश नम्बर २ को पर्सा पटेर्वासुगौली गाउँपालिकाबाट साढे २६ किलो गाँजा लुकाइराखेको प्रहरीले बरामद गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ अकवा टोलमा रामेश्वर पंजियारले घरमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले उनको घरबाट गाँजासहित गाँजा च्याप्ने मेसिन एक थान, तीन थान ढक र एक थान तुलो बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

गाँजा राख्ने पंजियार भने फरार भएको तथा उनको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय