
जनकपुरधाम । प्रदेश नम्बर २ काे अस्थाई राजधानी जनकपुरधामको वेलकम होटल अगाडी सडक छेउमै एक साधु बाबा मृत अवस्थामा फेला परेका हाे । धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दास मृत फेला परेका छन ।
उनी जनकपुरमा माग्दै हिडेका थिए र विरामी भएकै कारण उनको मृत्यू भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी कागजात पनि फेला परेको प्रहरीको भनाई छ ।