प्रेम गरेर भारत जादै गरेपछि बिओपीद्धारा एक प्रेमजोडीको यसरी नै उद्धार - हाम्रो जनकपुर

जनकपुरधाम । गायक वन्न भारत हिडे ७ चेलीलाई उद्धार भएको २ दिन नवित्दै सशस्त्र प्रहरीले पुन: एक प्रेम गरेर भारत हिडेका एक नवलिक जोडीलाई उद्धार गरेको छ ।भारततर्फ हिडेका महोत्तरीका एक प्रेमजोडीलाई सशस्त्र प्रहरीको (बिओपी)ले उद्धार गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर ३ स्थित भिठ्ठामोर मलिवारा नाकाबाट भारत तर्फ हिँडेका नाबालिक एक प्रेमजोडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) जलेश्वरले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक विर्ख बहादुर शाहीले दिएको जानकारी अनुसार महोत्तरीको सम्सी गाउँपालिका १ निवासी रामअसेश मण्डलको १८ वर्षीय छोरा प्रमोद मण्डलको साथमा जलेश्वर नगरपालिका ९ वस्ने बहादुर मण्डलको अन्दाजी १४ वर्षीय छोरी काज कुमारी मण्डल सीमापार गर्न लाग्दा नेपालका सशस्त्र प्रहरी बल र भारतीय एसएसपीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले एकअर्कालाई प्रेम गरेको र बिहेको लागि घरपरिवार राजी नभएपछि आफूखुसी भागेको बताएका छन् । उनीहरूले आफूहरूले भारतमा गई बिहे गर्ने योजना बनाएको बयान दिएका छन् । सशस्त्र प्रहरीको ती जोडीलाई थप सोघपुछ पश्चिात केटीलाई परिवारजनको जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक शाहीले बताए । सशस्त्र प्रहरीले झण्डै एक महिना अघि पनि एक प्रेमजोडीको यसरी नै उद्धार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय