पर्सामा आगलागी हुँदा करिब पाच लाखको छति - Hamro Janakpur

पवन प्रसाद साह/वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौ साबिक वार्ड नं ४ मा आगलागीबाट ३ घर जलेर नष्ट भएको छ । घर जलनेमा आलिम मिया पवरिया को १ घर घरमा भएको लता कपडा पलंग गरगहना तथा खाद्यवस्तु सामग्री जलेर नष्ट भएको छ।

त्यस्तै मिनतुजार मिया पवरिया को १ घर घरमा भएको लता कपडा पलंग गरगहना साथै खाधान सामग्री समेत जलेर नष्ट भएको छ र लालबाबु शेख को एक घर घरमा भैंसी राखने र पराल राखने घर(भुसौली) जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा लिन टोल बासी, नेपाल प्रहरी, सस्त्र प्रहरी लगायत साथै बारुन यन्त्र को सहयोगले आगो नियन्त्रणमा आएको थियो।आगो के बाट लागेको हो त्यो एकिन भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।