महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि कडाइ - हाम्रो जनकपुर

लकडाउनले सुनसान फिलिपिन्सको मनिला सहर। तस्बिरः एपीलकडाउनले

एजेन्सी । सुनसान फिलिपिन्सको मनिला सहर। तस्बिरः एपी

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि लकडाउन गरेका छन्।

दक्षिण एसियाली मुलुक बंगलादेशले एक सातका लागि लकडाउन घोषणा गरेको छ।

स्थानीय समयअनुसार भोलि आइतबारबाट लागू हुने गरी बंगालदेश सरकारले लकडाउनको घोषणा गरेको हो। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। उनले अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारू हुने जानकारी दिए।

यस्तै फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागू गर्ने निर्णय गर्दै अवधि थपेका हुन्। राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजनमार्फत दिएको जानकारीअनुसार सरोकारवाला र विज्ञहरूले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिँदै सिफारिस गरेकोले थप गरिएको हो । देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । सिन्ह्वा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय