१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार आरोपमा एकजना भारतीय युवक पक्राउ - हाम्रो जनकपुर

पर्सा । पर्सामा जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना आदापुर औरहिया पञ्चायत जमुनभरा घर भइ धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३ मलेखु बजारस्थित मलेखु कार वास एण्ड वर्कसपमा काम गर्दै आएका २५ वर्षीय सन्तयाज हवारी रहेका छन् ।

प्रहरीले धादिङकी १५ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेर फरार भएको आरोपमा एकजना भारतीय युवकलाई पक्राउ गरेको हो ।

हवारीमाथि गत चैत ८ गते बालिकालाई कोठाभित्र पसेर जबर्जस्ती करणी गरी फरार भएको आरोप लगाइएको छ । जबर्जस्ती करणी गरी फरार भएको भन्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्राप्त सूचनाको आधारमा हवारीलाई बाराको देवताल गाउँपालिका–७ पिपरपाती जब्दीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका हवारीलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरी पठाइएको डिएसपी मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय