प्रदेश सरकारको राहत नगरपालिकाको गोदाममा कुहिएर गन्हाउन थालेपछि - हाम्रो जनकपुर

कमलेश ठाकुर/शम्भु पण्डित,जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधाम १६ कि. मि. दुरिमा रहेको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरीयास्थित बजार भन्दा पर सडकको छेउमै गाेदाममा कुहिएको राहत फालिएको छ ।

प्रदेश सरकारले अतिविपन्नको घरमा राहत पु¥याउन पुनः दोस्रो चरणको राहत घोष्णा ग¥यो। सोही अनुसार प्रदेश सरकारले राहत वितरणका लागि घरेलु तथा साना उद्योग कार्यालयसँग वास्तविक विवरण माग्यो र राहत वितरण सुरु ग¥यो। तर अधिकांश ठाउँमा जनताको घरमा राहत पुग्न सकेन।

गत जेठमा कोरोना महामारीलाई लक्षित गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीको नाममा सम्बोधन गरेर घर–घरमा राहत दिने घोष्णा गरे। पहिलो चरणको राहत स्थानीय तहमार्फत वितरण सुरु गरे। स्थानीय सरकारले राहत वितरणमा काखापाखा गरेको गुनासो सुनिन र देखिन थाल्यो । प्रदेश सरकार मार्फत् वितरणका लागि गएका राहत सामाग्री स्थानीय तहमै थन्किएर बसे। फलस्वरुप अहिले राहत सामाग्री कुहिएको छ । प्रदेश २ का अधिकांश नगरपालिकाले प्रदेश सरकारले वितरणका लागि पठाएको राहत सामाग्री गोदाममै कुहाएर फालेका छन् । उनीहरूले वितरण नै नगरी गोदाममा कुहाएर फालेका हुन् । राहत सामाग्री कुहाएर फाल्ने पालिका मध्येको एक हो धनुषाको विदेह नगरपालिका ।

जहाँ राहत कुहियो, तर वितरण भएन । नगरपालिकाको गोदाममा राहत कुहिएर गन्हाउन थालेपछि शनिबार मात्रै राहत डम्पिङ साइडमा फालिएको छ । विदेह नगरपालिका ६ तिनकौरीयास्थित बजार भन्दा पर सडकको छेउमै कुहिएको राहत फालिएको हो। शुक्रबार राति ८० बोरा कुहिएको चामल, खाने तेल, नुन, सोयाबिन र दाल फालिएको छ । कुहिएको चामल फालेका स्थानीयले आलोचना गरेपछि नगर प्रमुख बेचन दासले आफ्ना सहयोगिमार्फत् उठाउन लगाएका थिए । नगर प्रमुख दास समर्थक महिलाहरूले गाई, भंैसीलाई खुवाउन कुहिएको समाग्री उठाएर लगेका छन्। धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले कुहिएको चामल मात्र फालिएको बताए । ‘समय वितरण हुन नसकेको राहत कुहिएको थियो,’ उनले फालिएको कुरा स्वीकार गर्दै भने, ‘तर थोरै मात्रामा वितरण हुन सकेको थिएन । जुन कार्यालयमा कुहिएको थियो। करिब ५÷६ बोरा चामल र अन्य सामाग्री फालिएको छ ।’ उनले थप कुरा बुझेर जानकारी गराउने भन्दै प्रतिक्रिया दिनबाट पञ्छिए ।

नगरपालिकामा राखेर कुहिएका राहत सामाग्री वडा नम्बर ६ का वडाध्यक्ष जयराम मण्डलको घर नजिकै फालिएको छ । उनका अनुसार नगरपालिकामा ९ वटा वडा रहेको छ । प्रत्येक वडामा ६०÷६० पोकाका दरले राहत उपलब्ध गराइएको थियो। पालिकाले आफ्नै घरमा भाँडा लिएर राहत थन्काएको उनले जानकारी दिए । थन्काएको राहत समयमा वितरण नभएपछि कुहिएको उनको भनाई छ । ‘कुहिएको १२÷१३ बोरा चामल र अन्य समाग्री फालिएको छ,’ उनले घटनाबारे विस्तृत जानकारी गराउँदै भने, ‘राहत सामाग्री कुहिएपछि गन्हाउन थालेको थियो। मेरो स्टाफले म बाहिर रहेको बेला फालेको छ ।’ यस्तै, सिराहाको कल्याणपुर नगरपालिका–६ भोक्राहामा राखिएको चामल पनि कुहिएको छ भने अन्य खाद्य समाग्रीको म्याद गुज्रिएको पाईएको छ । दोस्रो चरणमा प्रदेश सरकारले पठाएको खाद्यन्न कुहिएको हो। प्रदेश सरकारले११ महिनाअघि घरेलु तथा साना उद्योग कार्यालयमार्फत् वडा कार्यालयलाई वितरणका लागि ती खाद्य सामग्री पठाएको थियो।

२५ किलो चामल, दुई किलो मुसुरो दाल, एक लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन र एक थान हात धुने साबुन प्याकिङ गरी राहत प्याकेट तयार पारिएको थियो। तर, स्थानीय सरकारको वेवास्ताका कारण राहत कुहियो, वितरण भएन । कल्याणपुर नगरपालिका ६ वडा अध्यक्ष मोहम्मद मोतिबुल राइनले वास्तविक विपन्नको संख्या धेर भएको ै ले वितरणमा समस्या आएको बताए । ‘रातह लिने सख्या धेर भयो ै । तर प्रदेश सरकारलें आवश्यक भन्दा कम राहत पठाए,’ उनले भने, ‘त्यसकारण पनि राहत वितरण हुन सकेन ।’ वडामा लकडाउन प्रभावितको संख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या सिर्जना भएको भन्दै वितरण नगरेको उनले बताए ।

प्रदेश सरकारले पठाएको राहत सामाग्री वितरण नै नगरी गोदाममै कुहाएर फाल्ने धनुषाको विदेह र सिरहाको कल्यानपुर नगरपालिका त प्रतिनिधि उदाहरण मात्र हुन्। प्रदेश २ का अधिकांश पालिकाले राहत वितरण नगरी कुहाएर फालेका छन्। कतै राहतमा विवाद भएको कारण प्रभावित भएको छ भने कतै अपुग भएको भन्दै वितरण नै नगरी थन्काएर कुहाइएको पाईएको छ । अनुगमन गर्ने जिम्मावारी पाएको प्रदेश सरकार र घरेलु तथा साना उद्योग कार्यालयलाई यस विषयमा चासो नै राखेनन् । सरोकारवाला निकायले राहत वितरणको प्रगति विवरण नमाग्दा स्थानीय सरकारले मनपरी गरको े पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय