महोत्तरीमा खानेपानी कार्यालयका कर्मचारीमाथि अज्ञात समूहको रड र छुरा प्रहार - हाम्रो जनकपुर

महोत्तरी । महोत्तरीको बर्दिबास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयका कम्प्युटर अपरेट सुमन गौतममाथि अज्ञात समूहले छुरा र रड प्रहार गरेको छ ।

गएराती महोत्तरीको बर्दिबास ३, गौरिडाँडास्थित आफ्नो बाहिर उनीमाथि चार जनाको समूहमा आएका युवकले रड र छुरा प्रहार गरेको पीडितले बताएको छ ।

उनको घाउ, छाती र टाउकोमा घाउ तथा चोटपटक लागेको छ ।घाइते गौतमको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार पश्चात राती नै घर फर्किएका छन् । रड र छुरा प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय