लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ - हाम्रो जनकपुर

धर्मेन्द्र प्रसाद यादव । परवानीपुरबाट गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नं. ७ खर्लिङग बस्ने वर्ष ४३ को जय बहादुर गोले र जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ७ खर्लिङग बस्ने वर्ष ३५ को बिष्णुमाया तामाङ र जि.मकवानपुर मनहरी गा.पा. वडा नं. ८ मनहरी बस्ने वर्ष २८ को मुईया परियार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर स्थित हातमा दुई वटा जेब्रा झोला बोकी बीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा तिनै जनालाई पक्राउ गरिएको हो । पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीका अनुसार निजहरु माथि शंका लागि जाँच गर्ने क्रममा उक्त झोला भित्र ५/५ के.जी.को दरले लागु औषध गाँजा १० के.जी. उनीहरुको साथबाट बरामद भएको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय