जग्गा प्रकरण: सांसद संजय यादवलाई कानुनी रुपमा कारबाही हुनुपर्छ, पिडितकाे माग ! - हाम्रो जनकपुर

जनकपुरधाम । अंशबन्डाको मुद्दामा जिल्ला अदालत सर्लाहीले आफ्नै निर्णय सच्याउन पहल गरेपछि पिडितले न्याय पाएका छन ।

पिडित अजय कुमार यादबले सांसद संजय यादवले ४० बिघा जग्गा अाफनाे नाम गराईसकेपछि जिल्ला अदालत सर्लाहीले सहि फैसला गरकाे र न्याय पनि दिएकोमा खुशी भएको उनले बताए ।

पिडित अजय कुमार यादबले सर्लाही अदालतकाे निर्णयले अाज उचित न्याय पाएकाे र सरहानिय काम गरेको उनले जानकारी दिए ।

सांसद यादवले अदालतलाई झुक्किएर तीन अंसलालाइ अाफै एक अंश बनाएकाे उनले बताए ।

पिडित यादबले यस्ता किर्ते जलसादिबाट हामीहरु जाेगियाे अरु जना नपराेस साथै यस्ता ठगि जलसाद गर्नेलाई पदमुत्त गरि कानुनी रुपमा कारबाही हुनुपर्ने उनले जाेडदाड माग गरेको हुन ।

पिडित के भन्छ थप पढनु हाेला !
यता, पिडित राजकिशोर यादबले ४० बिघा जग्गामा चार जना अंश रहेको तर सांसद यादबले तानाशाही हिसाबले एकलौटी गरेको उनले अाराेप लगाए ।
प्रदेश सांसद रहेको बलमा सञ्जय यादवले अदालतलाई नै प्रभावमा पारेर निर्णय गर्न लगाएको तर अदालतले सहि निर्णय गरेकोमा उनले खुशी व्यक्त गरेको हुन ।

गत मंसिरमा निर्णय गलत भएको निवेदन परेपछि अदालतले झुक्किएर निर्णय गरिएको भन्दै सच्याउन तयारी गरेकाे थियाे । विपक्षीले सर्लाहीका प्रदेश सांसद सञ्जय यादवले अदालतलाई प्रभावमा पारेर अरूको अंश लाग्ने जग्गा आफ्नो नाममा ल्याएको अदालतले ठहर गरेको हुन ।

अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गर्दै बोधार्थमा जिल्ला मालपोत कार्यालयलाई कविलासी नगरपालिका–१० का राजकली देवी यादव, राजनारायण राय यादव र सञ्जयकुमार यादवका नाममा संयुक्त दाखिला खारेज गर्न आदेश दिएको थियो ।

पीडित पक्षले निर्णय गलत भएको निवेदन दिएपछि जिल्ला अदालतले मंसिर १२ गते मालपोत कार्यालयलाई दाखिला खारेज दर्ताको चलन पुर्जीअनुसारको जग्गा यथास्थितिमा राखी सोको जानकारी अदालतमा पठाउन आदेश गरेको थियोे ।

साविकको सलेमपुर गाविस–५ हालको कविलासी नगरपालिका–१० का मूल पुरुष रामगोपाल राय र उनकी श्रीमती फूलकुमारीको नाममा जिउनीका लागि राखिएको ४० बिघा जग्गा उनका छोराद्वय माझी राय र रामअश्रेय रायबीच बाँडिएन ।

जिउनीका लागि राखिएको ४३ वटा कित्ताको ४० बिघा जग्गा उनीहरूले संगोलमै भोगचलन गर्दै आएकाे तर २०५५ सालमा रामआश्रेयका छोरा गजेन्द्र रायले हजुरबुबा रामगोपाल र हजुरआमा फूलकुमारीका नाममा रहेको जिउनीको जग्गामध्ये चार भागको एक भाग माग गर्दै अंश मुद्दा दिए ।

२०५६ फागुन २२ गते अदालतले मूल पुरुष रामगोपाल र फूलकुमारीको नाममा रहेको जग्गामा माझी र रामआश्रेयको नाममा दुई भाग पारी माझीका दुई छोरा महेन्द्र राय र उपेन्द्र राय तथा रामआश्रेयका दुई छोरा गजेन्द्र र नवलकिशोर रायलाई पनि दुई–दुई भाग गरी हक पाउने ठहर गर्दै चारमध्ये एक भाग वादी गजेन्द्रको नाममा फैसला गरेको थियो । जसलाई पुनरावेदन अदालत जनकपुरले २०६३ भदौ १९ मा सदर गरेको छ ।
गजेन्द्रले एक भाग पाए पनि बाँकीको तीन भाग नवलकिशोरका श्रीमती र दुई छोरा राजनारायण र सञ्जयकुमारको नाममा अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गरि दिएका थियो ।

सर्लाही अदालतका स्रेस्तेदार शिवहरि पौडेलले अदालतको त्यो निर्णय झुक्किएर भएको भन्दै तीन जनाको नाममा मालपोतबाट दाखिला खारेज भएको जग्गा रोक्काको निर्णय गरेको जानकारी दिए ।

अंश नपाएका महेन्द्रका छोरा राजकिशोर तथा उपेन्द्रका छोराद्वय अशोक यादव र अजय यादवले अदालतमा जालसाजी गरेर सञ्जय र राजकिशोरले सम्पूर्ण जग्गा आफ्ना नाममा गराएको भन्दै निवेदन दिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय