प्रदेश २: नगरपालिकाका नगर प्रमुख र प्रशासकिय अधिकृतले आश्वासन मात्र, नगरवासीकाे आरोप - हाम्रो जनकपुर

रबिन्द्र प्रजापति/रौतहट । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रशासकिय अधिकृतले नगरवासीलाई आश्वासन मात्र दिइएको आरोप लगाएका छन ।

गत ५ महिना अगाडी नै नगर सभाबाट अनुमोदन भएका निर्णहरु नगर प्रमुख सियाराम कुश्श्वाहा र प्रशासकिय अधिकृत राम प्रकाश साहले चासो नलिएकोे स्थानियले आरोप लगाएका हुन । गत कात्र्तिक महिनाको २८ गते नगर सभाबाट गरिएको निणर्य नै कार्यन्वयन हुन नसकदा नगरबासी चिन्तीत भएका छन । नगर प्रमुख शियाराम कुश्वाहा र कार्यलय प्रमुख साहले स्थानिय बिधालयमा कार्यरत बाल बिकास शिक्षक र बिधालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना २ हजारको दरले र किसानहरुको लागि कृषी मिटरमा खपत हुने बिधुत्तको महसुल निःशुल्क गर्ने घोषण गरेको थियो ।

तर घोषणा गरेको लामो समय भएपनि सो कुरा कार्यान्वयन हुन नसक्नु दुःखद भएको स्थानियको भनाई रहेको छ । नगर प्रमुख कुश्वाहा र साहले आफनो मनलाग्दी कार्य गर्न थालेपछि आम नागरिकहरुमा निरासा छाएको छ ।

नगर भित्रका बाटोघाटो जिर्ण हुदापनि नगर प्रमुख र अधिकृतले बजेट विनियोजन नगर्दा.बाटोमा दुर्घटनाको जोखिम बढेको नगरबासीको आरोप बताएका छन । कार्यलय प्रमुख रामप्रकाश साहले नगरपालिकाको काम गर्नुका सट्टा आफनो काममा ब्यस्त हुने गरेको नगरबासीले आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय