रुखमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला ! - हाम्रो जनकपुर

सिरहा । सिरहा जिल्लाकाे एक जंगलमा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ बस्तीपुर देखि करिब ४ किलो मिटर उतरमा बेलहा भनेर चिनिने सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।

झुन्डिएका ब्यक्तिको अहिले नाम थर, वतन खुल्न नआएको अन्दाजी २२ वर्षको जस्तो देखिए शाव फुलेको अवस्थामा फेला परेको देखापरे बताए ।

मंगलबार एक स्थानीय वासी दाउरा काटन गएको बेला रुखमा झुण्डिएको अवस्थामा देखेपछि गाउमा खबर गरेको थियो । खबर पाएलगतै घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बन्दीपुरका टोलि पुगेको छ । अनुसन्धान तिब्र रुपमा भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय