फेसबुक ह्याकर एक पक्राउ, प्रदेश २ मुख्यमन्त्री राउतको पेज ह्याकर खै ? - हाम्रो जनकपुर

जनकपुरधाम । चर्चित कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा पर्साका एक १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ । बहुदरमाइ नगरपालिका वडा नम्बर ५ बस्‍ने १४ वर्षीय एकलाई पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्‍यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा ती किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो ।

प्रदेश २ का फेसबुक ह्याकर भएको हुनाले केही महिनाअघि प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पनि ह्याक भएको थियो । उक्त घटना उनको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय