फेसबुकमा लाईभ गर्दै जापानमा नेपाली युवकले गरे देहत्यागको प्रयास ! - हाम्रो जनकपुर

जापानमा एक नेपाली युवकले सामाजिक संजाल फेसबुकमा लाईभ गर्दै देहत्यागको प्रयास गरेका छन्। करिब ४ वर्ष अघि आफू जापान पुगेको कुरा लाइभमा बताउँदै निराजन रावलले देहत्यागको प्रयास गरेका हुन्।

उनी आफ्नो शरीर र निधारमा धारिलो कटरले काट्दै लाइभमा कराउँदै चिच्याउदै थिए। उनी आफ्नो आमा बाबु सम्झिदै बाबा आमाले राम्रो शिक्षा दिएर हुर्काई बढाई गरेको बताउँदै थिए। उनले आफ्नो कुरा अरुले काटेको सहन नसकेको र आफुलाई चित्त दुःखेकोे हुँदा मर्न बाध्य भएको कुरा लाइभमा सुनाउँदै थिए।

भोलिको दिन आफुले देख्न नचाहेको र आजको रातमै मर्छु भन्ने शब्दहरु प्रयोग गर्दै उनले देहत्यागको प्रयास गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ। उनलाई पटक–पटक म्यासेन्जरमा कलहरुपनि आइरहेका पनि लाइभमा देख्न सकिन्छ तर थिए तर उनले कुनै प्रतिक्रिया भने दिएको देखिदैन।

उनले आफु शान्त ठाउँमा देहत्याग गर्न लागेकोले जापानिज प्रहरीहरु समेत आफू भएको ठाउँमा नआईपुग्ने बताउदै उनले आफ्नो शरिरमा लगाएको कपडा खोलेर अर्धनग्ङ अवस्थामै देहत्यागको लागि नेपालमा जस्तो मुसाको बिष जापानमा नपाउने क्यार्नु भन्दै धारिलो कटरले आफ्नो शरिर र निधारमा चिर्न थाल्छन्।

केही समयपछि उनले लाइभ सकिएपछि अनुहार भरि रगतनै रगत भएको फोटो राखेको देख्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय