बिदेश कमाउन गएका पासवानकाे मृत्यु,हिन्दु परम्परा अनुसार मलेसिया मै दाहसंस्कार - हाम्रो जनकपुर

जनकपुरधाम। बिदेशीक रोजगारको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएपछि मलेशिया मै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको बताएकाे छ ।

४ बर्ष अघि मलेसियाको जोहोरबारु पुगेका महोत्तरी जिल्लाको गौशला घर भएका २७ वर्षिय बिजय पासवानको मृत्यु भएपछि मलेशिया मै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको हो ।

जोहोरबारु चेमर्लाङ्ग स्थित CED SYSTEM मा काम गर्दै आएका पासवानको गत महिना (मार्च) १९ तारिख शुक्रबारको दिन उनको मृत्यु भएको थियो । बिजयलाई केही दिन अगाडि देखि नै ज्वरो आइ गत १९ तारिख शुक्रबार मृत्यु भएको उनीसंगै बस्ने रोशनले जानकारी दिए ।

रोशनका अनुसार उनीहरु बिहिबार बेलुका खाना खाएर सङ्गै सुतेका थिए। उनले भने ‘शुक्रबार बिहानै जोरो आयो, टाउको, छाती दुखेपछि उनलाई हामी क्लिनिक पुर्याएका थियौं। डाक्टरले स्लेन पानी समेत हाल्यो। र केही बेरमै उनलाई मृत घोषणा गर्यो।’

मोहतरी जिल्ला सोनमा गाउँ पालिका वार्ड न १ को जनमत पार्टीका सदस्य सुरेन्द्र भण्डारी र मृतकको परिवारका सदस्यहरुको भनाई अनुसार मलेशियाका डा रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमणले उनको मृत्यु भएको रिपोर्ट आइसकेको छ। यस सम्बन्धमा डा सिके राउत नेतृत्को जनमत पार्टीको भातृ संगठन गैर-अवासीय मधेशी संघ मलेशियाका महासचिव रबिन्द्र यादवलाई कागजपत्रका साथ जानकारी गराइएको हाे ।

जानकारी प्राप्त भएसँगै गैर अवासीय मधेशी संघ मलेशियाका केन्द्रिय अध्यक्ष सिकिन्दर यादव, केन्द्रिय बरिस्ठ उपाध्यक्ष राजेन्द्र राम, केन्द्रिय सदस्य जोहोर बारू एरिया अध्यक्ष राज मुखिया लगायत सम्पूर्ण गैर आवासीय मधेशी संघ मलेशियाका टिमले मृतकको सव नेपाल पठाउन धेरै प्रयास गरेका थिए तर कोरोनाका कारण सव यात्रा गर्न नमिले भएकोले नेपाल दुताबास र मलेशियाका सरोकार बालाहरु संग समन्वय गरेर मलेशिया मै हिन्दु परम्परा अनुसार मृतकको सव अन्त्योस्टी गरिएको जनाइएको छ ।

यस कार्यमा गैर आवासीय मधेशी संघका सुलोचन पासमान, पुर्ब सचीव, राज कुमार मेहता, सन्जित मधेसी लगायतले समेत सहयोग रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय