जनकपुर:  एकै पटकमा एक महिलाले ३ छोरा जन्माइन्, सबैको तौल दुई किलो - Hamro Janakpur

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले एकैपटक तीन शिशु जन्मदिएका हाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ वभनगामाकीका लक्ष्मण मुखियाकी श्रीमती २५ वर्षीया सरिता देवी मुखियाले आइतबार शल्यक्रिया मार्फत तीन शिशुलाई जन्मदिएकाे छ ।

शुक्रबार बिहान व्यथा लागेपछि सरिता जनकपुर स्थित धनुषा अस्पतालमा भर्ना भएकी थिइन् । आइतबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सजन शर्मा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरि तीन शिशुलाई निकालेका थिए ।

तीनैजना शिशु छोरा छन् । दुई शिशुको तौल २-२ किलोग्राम र एक शिशुको तौल २ किलो २ सयग्राम रहेको अस्पतालका इन्चार्ज प्रमोद पण्डितले जानकारी दिए । उनका अनुसार अामा लगायत शिशुहरुको स्वास्थ्य अवस्था समान्य छ ।

सरिताको यसअघि पनि दुइछोराछोरी रहेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्जुन शाह, जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग..