लागु औषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ - Hamro Janakpur

रबिन्द्र प्रजापति/ रौतहट । रौतहटबाट प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचौक रौतहटको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा रौतहटको कटहरिया नगरपमालिकाको वडा नं. १ भसेडवा स्थित बाटोमा चेकजाच गर्दा उनीहरु पक्राउ परेका हुन ।

रौहतटको कटहरिया वडा नं १ का बर्ष १९ को महमद नसरुदिन र सोही स्थानका शेख शैदुलको शरिर तथा झोलाको खानतलासी गर्दा शेख शैदुलले बोकेको झोलाबाट लागु औषध गाँजा २ किलो ७५० ग्राम र महमद नसरुदिनले बोकेको झोलाबाट लागु औषध गाँजा २ किलो ७५० ग्राम वरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गत २०७७ चैत्र ३१ गते पक्राउ परेका दुबै जनालाई मुचल्का सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा दाखिला गरेकोमा र निजहरुलाई २०७८ बैशाष ३ गते शुक्रबार जिल्ला अदालत गौरबाट म्याद थप अनुमती लिई न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।